काेभिड १९ : पाँच लाख ९ हजारभन्दा धेरै निकाे भए

 वैशाख ४, २०७७ बिहीबार ६:१६:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वका विभिन्न देशमा पाँच लाख ९ हजारभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित निको भएका छन् ।

अहिलेसम्म दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसकाे सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये पाँच लाख ९ हजार ७ सय ४१ जना निको भएकाे वल्डाेमिटरले जनाएको छ । १४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेकाे छ भने एक लाख ३४ हजारभन्दा धेरैकाे ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै विश्वका विभिन्न देशमा सात हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै झण्डै दुई हजार पाँच सय जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २८ हजार पाँच सयभन्दा धेरैकाे ज्यान गएकाे छ भने ६ लाख ४३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २१ हजार ६ सयभन्दा धेरै, स्पेनमा १८ हजार सात सयभन्दा धेरै, फ्रान्समा १७ हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा गएको २४ घण्टामा एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय नाघेको छ भने १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । 

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया