पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – अस्पतालबाट फर्किरहेका माथि कुटपिट भएको बारेमा राष्ट्रिय आवासीय चिकित्सक सङ्घ र प्रहरीको छानबिन समितिका टोलीबिच छलफल भएको छ ।
बुधबार बेलुकी काठमाण्डौ महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत दुई जना र वीर अस्पताल अन्तरगत कान्ति अस्पतालमा खटिएका एक जना आवासीय चिकित्सकमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
त्यही विषयमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले डाक्टर कुटिएको विषयमा छानबिन गर्न गठित समिति र सङ्घका पदाधिकारीबिच छलफल भएको हो । छलफलको क्रममा कामबाट फर्किने क्रममा परिचयपत्र देखाउँदा समेत प्रहरीले दुर्व्यहार गरेको भन्दै डाक्टरले विरोध गरेका छन् । छलफलकै क्रममा प्रहरीले घटनामा संलग्नलाई माफी माग्न लगाएर विभागीय कारबाही गर्ने सहमति भएको राष्ट्रिय आवासीय चिकित्सक सङ्घका अध्यक्ष अनुप उप्रेतीले बताउनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा गठन भएको तीन सदस्यीय छानबिन समितिले सकेसम्म छिट्टै यथार्थ बुझेर प्रतिवेदन पेस गर्ने जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सक शम्भू ढकाल र तेजप्रकाश शाह तथा वीर अस्पताल अन्तर्गत कान्ति बाल अस्पतालमा खटिएका डाक्टर विकास शाहमाथि प्रहरीले दुर्व्यहार गरेको आरोप लागेको हो ।
डाक्टरहरुका अनुसार बेलुकी सवा ८ बजेतिर कामबाट कोठा जाने क्रममा दुर्व्यवहार भएको हो । त्यही क्रममा प्रहरीको लाठीचार्जबाट तेजप्रकाश शाहको हात र कुममा सामान्य चोट लागेको छ ।
![]() |
खाडी र मलेसियामा बिहीबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ५२ पुग्यो, ५ निकाे भए, ४७ जना अस्पतालमा |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Biplav Bhattarai
April 17, 2020, 8:40 p.m.काममा खटिएको डाक्टरलाई पिट्नु भनेको मुर्खता हो / जसलाई रोगप्रति धेरै ज्ञान छ , उही पिटिनु भनेको पागलपन हो / Who else knows about isolation,virus, health measures rather than doctor?