ट्याङ्कर चालकले पेट्रोलमा पानी मिसाएको पुष्टि

 वैशाख ७, २०७७ आइतबार ७:५४:१९ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल आयल निगमको थानकोट डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । 

शुक्रबार पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको हो । पेट्रोल पम्पले शनिबार बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी मिसाएको भेटिएको थियो । 
 
पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटको डिपोलाई खबर गरेको थियो । त्यसपछि त्यो पम्पबाट पेट्रोल बिक्री वितरण गर्न बन्द गरिएको थियो । 
 
पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । टयाङ्कर चालकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि निगमले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया