संखुवासभा प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द

 बैशाख ८, २०७७ सोमबार १५:२७:१२ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण बढ्न सक्ने भन्दै संखुवासभा प्रवेश गर्ने नाकाहरु पूर्ण रुपमा बन्द गरिएको छ ।

रातको समयमा बाहिरबाट मानिसहरु लुकीछिपी आउनसक्ने भन्दै दक्षिण तर्फबाट संखुवासभा भित्रिने मुख्य नाकाहरु टुटेदेउराली र केवा खोलामा पूर्ण रुपमा नाका बन्द गरिएको हो । 

जिल्ला समन्वय समितिको संयोजनमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि र दश वटै पालिकाका प्रमुखहरु, प्रदेशसभा सदस्यहरु तथा सामाजिक विकास समितिका पदाधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले दक्षिण तर्फबाट संखुवासभा भित्रिने मुख्य नाकाहरुमा प्रहरी परिचालन गरेको बताउनुभयो ।

जिल्लामा बाहिर विभिन्न ठाउँहरुबाट संखुवासभा भित्रिनेहरु बढेपछि थप सर्तकता अपनाइएको हो । बैठकले कोरोना रोकथामको लागि जिल्ला समन्वय समितिको कोषमा रहेको रकम खर्च गर्ने समेत निर्णय गरेको छ । 

उहाँले अहिलेसम्म भएको खर्च बाहेक बाँकी रहेको रकम कोरोना रोकथामको लागि खर्च गर्ने निर्णय गरिएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया