कोरोनाविरुद्धको कोषमा रकम जम्मा गर्न ‘ब्याट’ लिलाम गर्दै मुश्फिकुर रहिम

 बैशाख ८, २०७७ सोमबार १८:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरसविरुद्धको अभियानमा बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिम पनि जोडिएका छन् । उनले कोरोना विरुद्धको ‘फण्ड कलेक्सन’का लागि आफ्नो ‘ब्याट’ लिलाम गर्न लागेका हुन् ।

रहिमले बंगलादेशबाट टेस्ट क्रिकेटमा दाहोरो शतक बनाएको ब्याट लिलाम गर्न लागेको जनाइएको छ । उक्त ब्याटले रहिमले २०१३ मा श्रीलंकाविरुद्ध दोहोरो शतक बनाएका थिए ।

लिलामीबाट प्राप्त हुने रकम कोरोना भाइरसको महामारीविरुद्ध लडि रहेका बंगलादेशी जनताका लागि खर्च गर्ने बताएका छन् ।

रहिमले अहिलेसम्म तीन पटक दोहोरो शतक बनाएका छन् । बंगलादेशको क्रिकेट इतिहासमा अहिलेसम्म ५ वटा दोहोरो शतक बनेको छ । रहिमले ३ पटक दोहोरो शतक बनाउँदा शाकिब अल हसन र तमीम इकबालले एक एक पटक दोहोरो शतक बनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया