अफगानी राष्ट्रपति कार्यालयका २० कर्मचारीलाई कोरोनाको सङ्क्रमण

 बैशाख ८, २०७७ सोमबार २१:१७:३३ | रासस
unn.prixa.net

काठमाण्डौ - अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

सरकारी उच्च अधिकारीहरुले नाम सार्वजनिक नगर्ने सर्तमा दिएको जानकारी अनुसार राष्ट्रपति कार्यालयका कम्तीमा २० जना सङ्क्रमित भएका छन् । सङ्क्रमण भएकाहरुसँग राष्ट्रपति अशरफ घानीको सम्पर्क भएको थियो कि थिएन भन्ने बारेमा एकीन नभएको उनीहरुको भनाइ छ ।

राष्ट्रपति कार्यालयका कर्मचारी नै कोरोना भाइरसबाट सङ्क्रमित भएको विषयमा राष्ट्रपति कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन । क्यान्सर रोगबाट पीडित ७० वर्षीय घानी कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको बताइएको छ ।  

अफगानिस्तानमा सोमबारसम्म ९९३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उनीहरु अधिकांश विदेशबाट आएकाहरु रहेका छन् । अफगानिस्तानका झण्डै दुई लाख नागरिक पछिल्लो दुई महिनामा इरानबाट स्वदेश फर्किएका थिए । 

उनीहरु आएको देश इरान कोरोना भाइरसबाट अत्यधिक प्रभावित देशमा पर्दछ । इरानमा अहिलेसम्म ८२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढीको मृत्यु भएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया