दुई महिनाकी सुत्केरी महिलाको उद्धार : क्वरेण्टीनमा राखियो

 वैशाख ९, २०७७ मंगलबार ९:१४:१३ | रासस
unn.prixa.net

बाग्लुङ - पोखराबाट बाग्लुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरी महिलालाई बाग्लुङमा उद्धार गरेर क्वरेण्टीनमा राखिएको छ ।

रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भइ पोखरामा मजदूरी गर्दै आउनुभएकी उहाँ आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बाग्लुङ आइपुग्नुभएको हो । 

उहाँसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उहाँलाई पनि पर्वत र बाग्लुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बाग्लुङ नगरपालिका–१ मा रहेको रामरेखा आधारभूत विद्यालयको क्वरेण्टीनमा राखेको छ । उहाँसँगै उहाँका श्रीमान् पनि सँगै हुनुहुन्छ र उहाँहरुको द्रूत परीक्षण गरेर गाडीमर्फत रोल्पा पठाउने तयारी भइहेको छ ।

क्वरेण्टीनमा राखिएका सबैलाई आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बाग्लुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

पोखरामा घरबेटीले घरभाडा माग्न थालेको र दैनिक खर्च चलाउने उपाय नभएकाले हिँडेरै घर जान थालेको उहाँले बताउनुभयो । क्वरेण्टीनमा बस्दा कुनै समस्या नभएको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया