ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन लगाइएको प्रतिबन्ध र लकडाउन एकैपटक नभइ बिस्तारै हटाउँदै जानुपर्ने बताएको छ ।
विश्वका विभिन्न देशहरु आफूखुसी लकडाउन हटाउने निष्क्र्शमा पुगेको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिँदै चरणगत रुपमा लकडाउन हटाउन सुझाव दिएको हो । कतिपय देशले त आंशिक रुपमा प्रतिबन्ध हटाइसकेका छन् ।
मङ्गलबार विश्व स्वास्थ्य सङ्गठनले हतार र सही समयअघि नै लकडाउन हटाइए कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भन्दै सचेत गराएको हो ।
सङ्गठनका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले भने, ‘जबसम्म कुनै खोप बन्दैन या कुनै उपचारको पहिचान हुँदैन, लकडाउन हाम्रो लागि ‘न्यु नर्मल’ हुनुपर्छ किनकि यसबाट फाइदा भएको प्रमाण पनि भेटिएको छ ।’ ‘जो कुनै सरकार लकडाउन हटाउन चाहन्छ भने बिस्तारै चरणगत रुपमा हटाउँदै स्थितिलाई पनि ध्यान दिनुपर्छ’, उनले भने । जापान र सिङ्गापुर जस्ता देशका कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरणको अवस्था देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
तुल प्रसाद गैरे
April 21, 2020, 10:36 p.m.हजुर मेरो पर्तिकृया त खास केही पनि थिएन तै पनि म यो कुरा भन्न चाहन्छु कि म मात्रै होइन हजारौं हाम्रो देस नेपाल्को नागरिक बिदेस ईन्डिया मा फसेको छ कति हरु त त्यो नेपाल्को बोर्डर त्यो नौतनुवा मा आफ्नो क्वारेन्टाइन मा बसेर 20दिन सम्म बेताएर आज तिनि हरु आफ्नो घर सम्म पनि जान पाको छैन अरु अब एता पनि हामी आफ्नो कोठामै कति बस्ने खाने बेबस्ता पनि छैन कम्पनी बन्द भो हामी बाइर को मानिस्लाइ कस्ले हेरचाह गर्च र तेति कुरो