कुवेतमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २४ पुग्यो

 बैशाख ९, २०७७ मंगलबार २०:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो ।

योसँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको सिलवालले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया