भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या साढे २५ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमितको सङ्ख्या २५ लाख ५७ हजार ९ सयभन्दा धेरै भएकाे छ ।
सङ्क्रमितमध्ये ६ लाख ९५ हजार तीन सय ३६ जना उपचारपछि निको भएका छन् । १६ लाख ८४ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ । उपचार गराइरहेका मध्ये ५७ हजारभन्दा धेरै अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी १६ लाख २७ हजारभन्दा धेरै अर्थात् ९७ प्रतिशतको अवस्था सामान्य छ । अहिलेसम्म एक लाख ७७ हजारभन्दा धेरैको ज्यान गएको छ ।
सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ४५ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै आठ लाख १९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । इटलीमा २४ हजार ६ सयभन्दा धेरै, स्पेनमा २१ हजार दुई सयभन्दा धेरै, फ्रान्समा साढे २० हजार सात सयभन्दा धेरै र बेलायतमा १७ हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ९ सय नाघेकाे छ भने अहिलेसम्म ६ सय ४० जनाकाे ज्यान गएको छ । सङ्क्रमितमध्ये तीन हजार आठ सय ६९ जना निको भएकाे भारतको परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्
खाडी र मलेसियामा बुधबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ८९, ६ निको भए, ८३ जना अस्पतालमा |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।