होटल सञ्चालकले भने- हामी टाट पल्टने अवस्थामा पुग्यौँ, विशेष नीति चाहियो

 बैशाख ११, २०७७ बिहिबार १८:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - होटल सञ्चालकहरुले आफूहरुको व्यापार टाट पल्टने अवस्थामा पुगेकाले विशेष नीति ल्याउन माग गरेका छन् । 

कोरोना भाइरसको कारण सन् २०२० भरी नै जम्मा १० प्रतिशत मात्रै व्यापार हुने अनुमान गरिएकाले मजदूरको तलब, बैंकको ऋण, ब्याज, विद्युत महसुल, कर, घरभाडालगायतका समग्र क्षेत्रलाई समेटेर विशेष नीति ल्याउन होटल एशोसिएसन अफ नेपाल (हान)ले माग गरेको हो ।

हानले बिहीबार विज्ञप्तिमार्फत स्पेन,अष्ट्रेलिया र यूरोपका केही देशले सन् २०२० भरी नै नागरिकलाई ट्राभल एजभाइजरी जारी गरेको र सन् २०२१ बाट मात्रै अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने देखिएकाले होटलको आम्दानी ९० प्रतिशत कम हुने जनाएको छ । यस्तो अवस्थामा मजदूरको तलब, ऋण, ब्याज, करलगायतमा राज्यले उचित नीति बनाएर छुटको व्यवस्था गर्नुपर्ने हानको माग छ । 

सन् २००३ देखि २००५ सम्म पनि सार्स भारइसको कारण होटलको आम्दानीमा ५० प्रतिशतले कमी आएको, केही होटल बन्द भएको स्मरण गर्दै हानले यसपटक त्योभन्दा भयावह अवस्था रहेको सरकारलाई सचेत गरार्एको छ । 

यो वर्ष होटलहरुले कुनै पनि हालतका खर्च धान्न नसक्ने अवस्था आएको भन्दै हानले अर्बौ रूपैयाँको लागानीमार्फत होटल उद्योगले लाखौको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखेर  नीति निर्माण गर्नलाई नेपाल सरकार तथा सरोकारवाला निकायहरूसँग हार्दिक अनुरोध गरेको छ ।

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया