भक्तपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

 वैशाख ११, २०७७ बिहीबार २१:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

बा. ३९ प. ५७४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मध्यपुरथिमि नगरपालिका-५ बस्ने ३० वर्षका अजय श्रेष्ठ ज्यान गएको हो । 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । उनको उपचार कै क्रममा ज्यान गएको महानगरीय प्रहरी वृत थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

पानी परेर चिप्लो भएको सडकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिँदै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया