बेलायतमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालियो

 बैशाख १२, २०७७ शुक्रबार ६:२०:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - बेलायतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।

भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ ।

उनीहरुमध्ये आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ । परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यस बारेमा जानकारी हुने खबरमा उल्लेख छ । 

अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न थालिएको हो ।

काेराेना भाइरसविरुद्धकाे खाेप लिनेमध्ये एक इलिसा ग्रानाटाेले भनिन्, 'म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुकाे प्रक्रियालाई सहयाेग गर्नुपर्छ ।'

'याे खाेपप्रति मलाई एकदमै विश्वास छ', उनले भनिन् ।

यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया