काेराेना भाइरस : सात लाख ४५ हजारभन्दा धेरै निकाे भए

 बैशाख १२, २०७७ शुक्रबार ८:५१:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या २७ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमितको सङ्ख्या २७ लाख १८ हजार ६ सय ९९ पुगेको हो ।

सङ्क्रमितमध्ये सात लाख ४५ हजार ६ सय २० जना उपचारपछि निको भएका छन् । १७ लाख ८२ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ । उपचार गराइरहेकामध्ये ५८ हजार ६ सय ७८ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ ।

काेराेना भाइरसकाे सङ्क्रमणबाट अहिलेसम्म एक लाख ९० हजार ६ सय ५४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा साढे ४९ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै आठ लाख ८० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा साढे २५ हजारभन्दा धेरै, स्पेनमा २२ हजारभन्दा धेरै, फ्रान्समा साढे २१ हजारभन्दा धेरै र बेलायतमा साढे १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार नाघेकोे छ भने सात सय २१ जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये पाँच हजार १२ जना निको भएका छन् ।

यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया