काेराेना भाइरस : अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या ५० हजारभन्दा धेरै

 बैशाख १२, २०७७ शुक्रबार ९:३४:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणकाे कारण ५० हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । आठ लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने ८५ हजार ९ सय २२ जना निको भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २७ लाख २५ हजार तीन सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबैभन्दा धेरै सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या संयुक्त राज्य अमेरिकामा धेरै छ ।

अमेरिकामा मात्रै आठ लाख ८६ हजार सात भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५० हजार दुई सयभन्दा धेरैकाे ज्यान गएको वल्डाेमिटरले जनाएको छ ।

विश्वभरि २७ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा सात लाख ४५ हजार आठ सय १९ जना उपचारपछि निको भएका छन् । १७ लाख ८८ हजारभन्दा धेरैको उपचार भइरहेको छ ।

उपचार गराइरहेकामध्ये ५८ हजार ६ सय ७८ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ । सङ्क्रमणका कारण एक लाख ९१ हजार ५५ जनाको भने ज्यान गएको छ ।

यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया