नोबेल पुरस्कार विजेता बनर्जी भन्छन्- भारतले विपन्नप्रति अझै संवेदनशीलता देखाउनुपर्छ

 बैशाख १२, २०७७ शुक्रबार १४:१८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नोबेल पुरस्कार विजेता, अर्थशास्त्री अभिजित बनर्जीले भारतले गरिब (विपन्न) प्रति अझै संवेदनशीलता देखाउन आवश्यक रहेको बताएका छन् ।

अभिजित बनर्जीले भारतमा लकडाउनका कारण लाखौं सङ्ख्यामा विपन्नहरु नराम्रोसँग प्रभावित भएको बताए । सरकारले अहिलेसम्म त्यो स्तरमा कुनै पर्याप्त काम नगरेको गुनासो गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको महिनाको मार्च २४ मा देशव्यापी लकडाउनको घोषणा गरेका थिए । त्यसपछि भारत सरकारले २३ अर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो ।

घोषणा गरिएको राहतको ठूलो हिस्सा विपन्नलाई नगद दिने र उनीहरूका लागि खाद्य सुरक्षाको सुनिश्चितता गर्नु थियो । सन् २०१९ मा अर्थशास्त्रको क्षेत्रमा आफ्नी पत्नी र सह-अनुसन्धानकर्ता इस्थर डफ्लोले संयुक्त रुपमा नोबेल पुरस्कार पाएका अर्थशास्त्री बनर्जीले कोभिड-१९ को सङ्क्रमण रोक्न उठाएको कदम भने उपयुक्त भएको बताए ।

तर उनले अघि भने, ‘तर लकडाउन यो परिस्थितिको अन्त्य होइन । यो रोग लामो समयसम्म रहने देखिएको छ । जबसम्म यसको खोप बन्दैन तबसम्म मुस्किल अवस्था रहिरहन्छ । खोप पनि चाँडै बन्ने सङ्केत पनि देखिएको छैन ।’

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया