बेलायतमा कोरोना सङ्क्रमणबाट अर्का भूपू गोर्खा सैनिकको ज्यान गयो

 बैशाख १४, २०७७ आइतबार १९:१९:२० | रासस
unn.prixa.net

काठमाण्डौ - बेलायतको लण्डनमा कोरोनाबाट शनिबार थप एक जनाको ज्यान गएको छ ।

पुर्ख्यौली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका-१ भएका ७३ वर्षीय भूपू गोर्खा सैनिकको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिनुभयो । 

मृतक सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आउनुभएको थियो । उहाँलाई पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको र गएको वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्षले बताउनुभयो । 

श्वासप्रश्वासमा कठिनाइ आएपछि उहाँलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक हप्ताअघि भर्ना गरिएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया