कोरोनाको मानसिक तनाव कम गर्न इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने बेलायती सरकारको भनाइ

 बैशाख १५, २०७७ सोमबार ८:१७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बेलायती सरकारले कोरोना भाइरसका कारण मानसिक तनाव कम गर्नका लागि इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने बताएको छ ।

हाल कोरोनाका कारण लकडाउनमा रहेका जनताले प्रिमियर लिग सुरु भएमा मानसिक रुपमा राहत महसुस गर्ने बताए ।

कोरोनाका कारण मार्च १३ ताखिरबाट प्रिमियर लिग स्थगित रहेको छ । यो सिजन सुचारु गर्नका लागि आयोजकले बन्द रंगशालामा लिग गराउने योजना बनाएको छ । तर त्यसका लागि सरकारको अनुमति चाहिने भएकाले प्रिमियर लिगले औपचारिक निर्णय गर्न सकेको छैन ।

बेलायत सरकारले आइतबारमात्र यो विषयमा बैठक गरेर निर्णय गर्ने बताएको छ । प्रिमियर लिगका प्रमुखले बन्द भएपछिको लिगलाई सुरु गर्न जुन आठ तारिखको समय तोकेका छन । जसका लागि उनले तथष्ट मैदानमा गर्ने बताएका छन ।

प्रिमियर लिगले क्लबहरुलाई मुख्य रंगशालाको सट्टा प्रशिक्षण मैदान वा तथष्ट मैदानमा खेलाउन सकिने बताएको छ । खेलाडीलाई लिग सुचारु हुनुभन्दा ६ साता अगाडी देखि होटेलमा राखिनेसक्ने बताइएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Safal raj dhungana

    April 27, 2020, 8:49 a.m.

    खबर पढदा त राम्रो लाग्यो तर हतारमा न्युज बनाउँदा इंग्लिश प्रिमियर लिगको ठाउँमा एभरेष्ट प्रिमियर लिगको फोटो परेछ /

  •  0 Reply
  • Subash Ghising

    April 27, 2020, 8:49 a.m.

    इंग्लिश प्रिमियर लिग भनेर नेपालको क्रिकेटको फोटो हाल्ने ? अलिकति बिचार गर्नुपर्ने हो नि /

  •  0 Reply

तपाईको प्रतिक्रिया