‘सिरी ए’ सुरु हुने कुनै ग्यारेन्टी नभएको इटलीका खेलकुद मन्त्रीको भनाइ

 बैशाख १५, २०७७ सोमबार १०:५२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इटलीका खेलकुद मन्त्रीले कोरोनाको लकडाउन केहि खुकुलो पारिए पनि सिरी ए सुरु हुनेमा कुनै ग्यारेन्टी नभएको बताएका छन् ।

कोरोनाको महामारीका कारण स्थगित भएको सिरी ए जुन महिनामा सुरु गर्ने योजनामा इटालीयन फुटबल संस्था रहेको थियो । आइतबार इटालीयन प्रधानमन्त्री जुसापे कोन्टीले भाइरसका असर कम हुँदै गएकाले केहि राहत महसुस गर्ने बेला भएको बताएका थिए । त्यसका कारणपनि सिरी ए फुटबल सुचारु हुनसक्ने ठुलो आशा थियो ।

तर, खेलकुद मन्त्रीले लिग सुरु हुने कुनै यकिन नभएको बताएपछि अन्योल झन थपिएको छ । सिरी ए क्लबहरुले मे ४ तारिखबाट सामाजिक दूरी कायम गरेर प्रशिक्षण गर्ने बताएका छन् ।

खेलकुद मन्त्री भिनसेन्जोले कोरोनाको त्रास अझै पनि कायमै रहेको र अबको दुई सातामा यसले कतिको असर पार्छ, त्यसपछिमात्र खेलाडीको प्रशिक्षणको टुंगो लाग्ने बताए । उनले फुटबल चाँडो सुरु होस भन्ने चाहना आफ्नो पनि रहेको तर अहिले हामीले केहि सावधानी अपनाउनुपर्ने बेला भएको बताए ।

इटालीयन फुटबल फेडेरेसनले एउटा प्रोटोकल बुझाएको र त्यसमा छलफलबाट सहमति भएपछि फुटबल सुरु हुने किनहुने भन्ने यकिन हुने खेलकुद मन्त्रीको भनाई छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया