निजामती कर्मचारी अस्पतालमा स्वाब सङ्कलन बुथ

 बैशाख १५, २०७७ सोमबार १८:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - देशकै एकमात्र निजामती कर्मचारी अस्पतालमा कोरोना भाइरस (काेभिड १९) परीक्षणका लागि स्वाब सङ्कलन बुथ राखिएको छ ।काठमाण्डौको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण भएको स्वाब सङ्कलन बुथ राखिएको हो । 

राष्ट्रिय कर्मचारी सङ्गठन निजामती र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीहरुको सहयोगमा स्वाब सङ्कलन बुथ राखिएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दीर्घराज आरसीले बताउनुभयो । 

उहाँले कोरोना भाइरसको आशङ्का लागेका बिरामीहरुको स्वाब सङ्कलन लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब सङ्कलन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने सङ्क्रमणको जोखिम कम हुने बताउनुभयो ।

त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पीपीईलगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताउनुभयो । स्वाब सङ्कलन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका बिरामीहरुलाई पनि राम्रो सेवा दिन सक्ने उहाँले बताउनुभयो ।

स्वाब सङ्कलन बुथ उपलब्ध गराउँदै सडक विभागका महानिर्देशक केशवकुमार शर्माले अस्पतालले सुरक्षित रुपमा बिरामीको स्वाब सङ्कलन गर्न यसले सहयोग पुर्‍याउने बताउनुभयो । 

बुथमा प्रयोग गरिएका सामग्रीहरु गुणस्तरीय रहेको र बुथभित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको केन्द्रले बताएको छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया