निजी प्रयाेगशालालाई पनि काेराेना परीक्षण गर्न दिइने

 वैशाख १५, २०७७ सोमबार १८:४०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले निजी प्रयोगशालालाई पनि कोरोना भाइरस (काेभिड १९) परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला सञ्चालनसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै मापदण्ड पूरा गर्ने गर्ने निजी प्रयोगशालालाई परीक्षण गर्न दिने जनाएको हो । यसका लागि निजी प्रयोगशालाले स्वास्थ्य मन्त्रालयसँग छुट्टै अनुमति लिन पर्ने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

साेमबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएकाे प्रवक्ता देवकाेटाले जानकारी दिनुभयो । यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।

नेपालमा अहिलेसम्म ५२ जनालाई कोरोनाको सङ्क्रमण देखिएको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै १० हजार चार सय ७१ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण भएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया