दोब्बर मूल्यमा सामान बेच्ने भाटभटेनी सुपर स्टोरलाई ३ लाख जरिबाना

 बैशाख १५, २०७७ सोमबार २०:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी स्टोर टङ्गाललाई तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।

बढी मूल्य लिएर सामान बेचेको उजुरीका आधारमा सोमबार अनुगमन गरिएको र बढी मूल्य लिएको पाइएकाले तीन लाख रुपैयाँ जरिबाना तिराएको विभागको अनुगमन शाखाका निर्देशक सागर मिश्रले उज्यालोलाई जानकारी दिनुभयो ।

भाटभटेनीले एक सय २० रुपैयाँ पर्ने लाखमरीलाई दुई सय २० रुपैयाँमा बेचेको भेटिएको थियो । यस्तै विभागले सोमबार नै अन्य तीन वटा स्टोरलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।

अमरावती खाद्य भण्डार कपनलाई दुई लाख, एमवीटी खाद्य सप्लायर्स कपनलाई एक लाख र जीएन स्टोर कपनलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । उनीहरुले बढी मूल्यमा बेच्ने, मुल्यसूची नराख्नेलगायतका कसुर गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया