उज्यालाेकाे सञ्चालक संस्था कम्यूनिकेसन कर्नरको २२ औँ वार्षिकोत्सव

 वैशाख १६, २०७७ मंगलबार ६:२२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नर स्थापना भएको २२ वर्ष पूरा भएको छ । शिक्षा, सूचना र जानकारीमार्फत नागरिकको सशक्तिकरणमा जोड दिने, गाउँ र नागरिकका समस्या र उपलब्धीसँगै राष्ट्रिय चासो र सरोकारमा बहस गर्ने तथा गाउँ र केन्द्रबीच अन्तरक्रियाको वातावरण बनाउने उद्देश्यले विक्रम संवत २०५५ साल वैशाख १६ गते कम्यूनिकेसन कर्नरको स्थापना भएको हो ।

स्थापना हुनुअघि नै कम्यूनिकेसन कर्नरले खोजखबर कार्यक्रमबाट रेडियो पत्रिकाको सुरुवात गरेको थियो । खोजखबर जस्तै कम्यूनिकेसन कर्नरले प्रसारण गरेको हाकाहाकी, बराबरी, कुरा खस्रा मीठा जस्ता कार्यक्रम निकै लोकप्रिय थिए ।

२०५७ भदौदेखि उज्यालोको सबैभन्दा लोकप्रिय कार्यक्रम कायाकैरन सुरु भयो । सुरुमा अडियो क्यासेट, इन्टरनेट, टेलिफोन हाइब्रिडबाट प्रसारण हुने कायाकैरन नेपाल दर्पण जस्ता विश्लेषणात्मक समाचार तथा नेपाल खबर समाचार बुलेटिन र विविध बिषयका कार्यक्रमहरु अहिले स्याटेलाइट प्रविधिमार्फत देशभरका विभिन्न एफएम रेडियो स्टेशनहरुसँगको सहकार्य र साझेदारीमा प्रसारण हुन्छन् । 

कम्यूनिकेसन कर्नरको यात्रासँगै नेपालमा स्वतन्त्र एफएम रेडियो स्टेशनहरुको प्रसारणले दुई दशक पार गरेको छ । बितेका दुई दशकमा देशमा भएका राजनीतिक परिवर्तन, सामाजिक अभियान तथा आर्थिक आरोह अवरोहका हरेक क्षणमा नेपालका स्वतन्त्र रेडियो स्टेशनले महत्वपूर्ण भूमिका खेलेका छन् ।

देशमा परिवर्तन भएको शासन व्यवस्था, शासकीय संरचना, द्रूत गतिमा भइरहेको बजार र मिडिया प्रविधिको अकल्पनीय विकास र परिवर्तनले नेपालका रेडियोहरु सामु नयाँ नयाँ अवसरका ढोकाहरु खुलेका छन् भने अनेक खालका चुनौतीहरु पनि थपिएका छन् । २०७२ सालको विनाशकारी भूकम्पमा जस्तै अहिले कोरोना महामारीको बेला पनि रेडियोको महत्व र भूमिका बढेको छ । 

कोरोना भाइरसको महामारी फैलिन नदिन उज्यालो रेडियो र अनलाइनको काम एकान्तबासबाटै हुन थालेको एक महिनाभन्दा बढी भएको छ । अप्ठ्यारो र चुनौतीकाबीच पनि २२ औँ वार्षिकोत्सवको अवसरमा उज्यालोले आफ्ना श्रोता, पाठक, सहकर्मी रेडियो स्टेशन, विज्ञापनदाता, सहयोगी सङ्घसंस्था, र शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गर्दछ । साथै यस चुनौतीका बीच पनि सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार र तथा निरन्तर सन्तुलित विचार प्रवाहको प्रतिबद्धता व्यक्त गरेको छ ।  

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया