अन्तर्राष्ट्रिय महिला फुटबलमा लेबनानले किर्गिस्तानलाई हरायो
फागुन ११, २०८१ आइतबार
भक्तपुर - कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका बाटो बन्द गरिएका छन् ।
सूर्यविनायक नगरपालिकालको परोपकार शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सबारी साधन आवत जावतमा रोक लगाएको छ । सडकमा बाँसको तगारो राखेर सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुको साथै सवारी साधन संचालनमा रोक लगाएको छ ।
यो सडकमा दुईसातादेखि नै रोक लगाएको हो । नयाँ मान्छेको ओहोरदोहोर बढेपछि कोरोना संक्रमणको जाखिम पनि बढेको भन्दै स्थानीयले लकडाउनका समयमा नयाँ मान्छेका आगमन रोक्न र जथाभावी सवारीसाधनको आवतजावत रोक्न यस्तो व्यवस्था गरेको स्थानीय सुरेश खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी सूर्यविनायक नगरपालिका५, कटुञ्जे लामडाँडा, भुजुटोल, शुशिला भैरबका स्थानियले लकडाउनलाई उलघन गर्नेको संख्या बढेको भन्दै नाका बन्द गरेको छ ।
एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधन र प्रेस बाहेक अन्य सवारी साधन चलाउन नपाइने र गाउँभन्दा बाहिरका मानिसलाई गाउँमा प्रवेश निषेध गर्नेगरी बाटो बन्द गराएका छन् ।
सूर्यविनायक नगरपालिका ८ सिपोडलको विभिन्न नाकामा स्थानीयले बन्द गराएको वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।
लकडाउनलाई कडारुपमा कार्यान्वयन गराउन वडा कार्यालयले समेत प्रत्येक टोलमा १०–१० जनाको दरले स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
गुण्डुको भित्री टोल जाने सडकमा पनि तगारो हालेर बाटो बन्द गरिएको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको धेरै टोलमा नयाँ मान्छेलाई प्रवेश रोक लगाउनुको साथैसवारी साधन प्रवेशमा रोक लगाएको छ ।
त्यसैगरी चाँगुनारायण नगरपालिका ९ सौडोलमा पनि बाहिरका मानिसलाई आवतजावतमा रोक लगाएको छ ।
सौडोलबाट खड्का गाउँहुदै जाने सडकमा एकतर्फी रुपमा जान दिएपनि फर्कन भने नदिने गरेका छन् । सञ्चारकर्मीको टोली समाचार संकलनका क्रममा पुग्दा जान दिए पनि सोही मार्ग भएर फर्कन भने नदिएको पाइएको हो ।
मध्यपुरथिमिनगरपालिका १ जुडिबुटीमा रहेको विपी आँखा अस्पताल क्षेत्र आसपासमा काठमाण्डौं र भक्तपुर जोड्ने हनुमन्ते खोलाको फलामे पुलमा स्थानीयले तगारो राखेर आवतजावतमा रोक लगाएपछि व्यापक बिरोध भएको छ । बिरोधका कारण आठदिनपछि प्रहरीको सक्रियतामा स्थानीयले उक्त तगारो हटाएर आवतजावतमा सहज बनाएका छन् ।
स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर नै बाटो बन्द गराएको स्थानीयको दावी छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सडक बन्द गराएकोमा वा सडक अवरोधले समस्या पर्यो भनेर स्थानीय तहमा उजुुरी नआएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।