बुधबार थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी

 बैशाख १७, २०७७ बुधबार १६:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले आज थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

उनीहरु भारतबाट नेपाल आएर क्वारेन्टीनमा रहेका व्यक्ति हुन् । यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले  भने चार जनामा सङ्क्रमण भएको जनाए पनि मन्त्रालयले तीन जनामा मात्रै पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने सङ्क्रमितमध्ये पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया