काेराेना भाइरस : विश्वभर १० लाखभन्दा धेरै निकाे भए

 वैशाख १८, २०७७ बिहीबार ६:४२:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वका विभिन्न देशमा १० लाखभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित निको भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३२ लाख १८ हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १० लाख ३३ जना निको भएकाे वल्डाेमिटरले जनाएको छ ।

त्यस्तै सङ्क्रमितमध्ये १९ लाख ९० हजारभन्दा धेरैको उपचार भइरहेकाे छ । उपचार गराइरहेकामध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटले जनाएको छ । अहिलेसम्म भाइरसकाे सङ्क्रमणबाट दुई लाख २८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विभिन्न देशमा साढे ६ हजारभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।

अमेरिकामा गएको २४ घण्टामा मात्रै २३ सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या साढे ६१ हजार पुगिसकेकाे छ । यस्तै १० लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा साढे २७ हजारभन्दा धेरै, बेलायतमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा ३३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा एक हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।

 यो पनि पढ्नुहोस्

 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया