ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : थुप्रै घर जले

 बैशाख २०, २०७७ शनिबार ७:५०:५२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - सदरमुकाम फुङलिङ बजारको पुरानो बैैंक लाइन ट्याक्सी स्टेशन छेउमा शुक्रबार बेलुका भिषण आगालागी भएको छ । 

आगलागीबाट ७ घर जति जलेका छन् । बेलुका साढे नौ बजेतिर भण्डारी खाजाघर छेउबाट सुरु भएको आगो उत्तरतिर नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको थियो । 

दक्षिणतिर भने राम चौधरीको घर पुरै र दुर्गा ढुङ्गानाको दूध डेरी आंशिक रुपमा भत्काएर आगो नियन्त्रमा लिने प्रयास गरिएको थियो । फुङलिङ नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रमा लिने कोशिस भएको थियो । 

अगलागीबाट खड्ग थापा, भट्टराई चिया पसल, सरस्वती बुक एण्ड स्टेशनरी लगायत थुप्रै व्यक्तिगत घरहरु जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी  छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया