बंगलादेशमा झण्डै नौ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण, १ सय ७५ को मृत्यु

 बैशाख २१, २०७७ आइतबार ६:३७:३७ | रासस
unn.prixa.net

काठमाण्डौ - बंगलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

२४ घण्टामा थप ५ सय ५२ वृद्धि भएर सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताउनुभयो । मन्त्रालयका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा थप पाँच सङ्क्रमितको मृत्यु भएको छ । कोभिड–१९का कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म १७५ पुगेको छ । 

उहाँका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा पाँच हजार ८ सय २७ कोरोना भाइरसका शङ्कास्पद विरामीको नमुना परीक्षण गरिएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार सङ्क्रमितमध्ये शनिबारसम्ममा १७७ जना उपचारपछि निको भएर फर्किएका छन् । 

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३४ लाख २६ हजार ३ सय ८९ पुगेको छ भने दुई लाख ४० हजार ४ सय ९० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । विश्वभर सङ्क्रमणपछि चिकित्सकको निगरानीमा बसेर उपचार गरी निको भई घर फर्किनेको सङ्ख्या साढे १० लाख भन्दा माथि  छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया