खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - खोज पत्रकारिता केन्द्र (खोपके) ले प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध गरेको छ । प्रवासमा नेपाली युवाले पाएको पीडालाई समाचारको विषय बनाउन खोपकेले प्रवासका सञ्चारकर्मीलाई आग्रह गरेको हो ।
यूरोपमा रहेका पत्रकारलाई अनलाइन प्रविधिबाट तालिम दिँदै खोपकेका सम्पादक शिव गाउँलेले वैदेशिक रोजगारीबाट धेरै नेपाली युवाले भोग्नुपरेको पीडालाई बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
खोपकेका सल्लाहकार तथा निवर्तमान अध्यक्ष नम्रता शर्माले प्रवासी नेपालीको पीडालाई ध्यान दिइ विषयको उठान गर्न सुझाव दिनुभयो । तालिममा खोज पत्रकारिताको महत्व, तरिका, विषवस्तुको छनोट र सुरक्षित पत्रकारिताका बारेमा जानकारी गराइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।