काेराेना भाइरस : केन्द्रीय रिजर्भ प्रहरी बलकाे मुख्यालय सिल

 वैशाख २१, २०७७ आइतबार १४:४८:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीमा रहेको केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) काे मुख्यालयलाई सिल गरिएको छ । वरिष्ठ अधिकारीसँग काम गर्ने एक जना कर्मचारी कोरोना भाइरस सङ्क्रमित पाइएपछि मुख्यालय सिल गरिएको हो । 

अर्काे आदेश नआएसम्मका लागि सीआरपीएफ मुख्यालयभित्र कोही पनि प्रवेश गर्न पाउने छैन । स्पेशल डायरेक्टर जनरल (एजडीजी) श्रेणीका एक अधिकारीका निजी सचिव यो मुख्यालयमा काम गर्दथे र उनमा नै सङ्क्रमण पाइएको हो । 

अहिले कन्ट्याक ट्रेसिङ सुरु गरिएको सीआरपीएफले बताएको छ, जसका कारण सङ्क्रमित व्यक्ति कति जनासँग सम्पर्कमा आएको थाहा पाउन सकिन्छ । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण भारतमा अहिलेसम्म ३९ हजार ९ सयभन्दा धेरैमा सङ्क्रमण पाइएको छ भने एक हजार तीन सय जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया