भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजारभन्दा धेरै

 बैशाख २१, २०७७ आइतबार २०:५६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित हुनेकाे सङ्ख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार दुई सय ६३ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १३ सय ६ जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८७ जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै ८३ जनाको ज्यान गएको र दुई हजार चार सय ८७ जना नयाँ बिरामी थपिएकाे मन्त्रालयले जनाएको हो ।

भारतमा पछिल्लाे समय सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या लगातार बढिरहेकाे छ । भारतमा महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएकाे छ । महाराष्ट्रमा मात्रै १० हजारभन्दा धेरैमा सङ्क्रमण भएकाे छ । 

नेपालमा पनि काेराेना सङ्क्रमितकाे सङ्ख्या ७५ पुगेकाे छ । आज थप १६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया