काेराेना भाइरस : फ्रान्स, इटली र स्पेनमा सुधारकाे सङ्केत

 वैशाख २२, २०७७ सोमबार ९:३६:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युरोपमा कोरोना भाइरस (काेभिड १९) को महामारीबाट सबैभन्दा बढी प्रभावित भएका देशमध्ये फ्रान्स, इटली र स्पेनमा पछिल्लो समय लगातार सुधारकाे सङ्केत देखिएकाे छ ।

सुधारकाे सङ्केत देखिएसँगै सङ्क्रमण अन्त्य हुने बाटोतिर लागेको देखिएको छ । तीनै देशमा आइतबार काेभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या झण्डै दुई महिनायताकै कम देखिएको छ । याेसँगै यी देश लकडाउन केही खुकुलाे बनाउनेतर्फ अग्रसर भएका छन् । 

फ्रान्समा आइतबार एक सय ३५ तथा स्पेनमा एक ६४ जनाको ज्यान गएकाे थियाे र यो गएको मार्च मध्ययताकै कम हो । यस्तै इटलीमा एक सय ७४ जनाको ज्यान गएको र यो सङ्ख्या पछिल्लो दुई महिनायताकै कम भएको बीबीसीले जनाएको छ ।

युरोपका देशमध्ये सबैभन्दा धेरै संक्रमण भएको स्पेनमा अहिलेसम्म दुई लाख ४७ हजारभन्दा धेरै सङ्क्रमित छन् भने एक लाख ४८ हजार पाँच सय ५८ जना उपचारपछि निको भएका छन् । २५ हजार दुई सय ६४ जनाको ज्यान गएको छ ।

यस्तै इटलीमा दुई लाख १० हजार सात सय १७ जना सङ्क्रमितमध्ये ८१ हजार ६ सय ५४ जना उपचारपछि निको भएका छन्, झण्डै २९ हजार जनाको ज्यान गएको छ ।

फ्रान्समा एक लाख ६८ हजार ६ सय ९३ जना सङ्क्रमित भएकाेमा ५० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने २४ हजार आठ सय ९५ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया