बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
सुर्खेत - कर्णाली प्रदेशले सबै सीमानाका १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले छिमेकी प्रदेशमा कोरोना सङ्क्रमणका बिरामी बढेको भन्दै सीमानाका बन्द गर्ने निर्णय गरेको हो । बैठकले कर्णाली प्रदेशका सिमानाका १ हप्ताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
साथै बैठकले प्रदेशका २५ ठाउँमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीहरुको टोली खटाउने भएको छ । प्रदेश नम्बर ५ को नेपालगञ्जमा कोरोना सङ्क्रमितको संख्या बढेपछि कर्णाली प्रदेश सरकारले पनि उच्च सतर्कता अपनाउने कार्ययोजना बनाएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।
भारतसँग जोडिएको बाँके र त्यससँग जोडिएको कर्णालीमा पनि कोरोना जोखिम बढ्नसक्ने सम्भावित खतरालाई ध्यान दिएर प्रतिकार्यका लागि रणनीतिक ढङ्गबाट अघि बढ्ने तयारी भएको उहाँको भनाई छ ।
सम्भावित जोखिम नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र जिल्ला अस्पतालको तर्फबाट विभिन्न ठाउँमा जनशक्ति खटाउने र सीमा नाकामा कन्ट्याक्ट ट्रेसिङलाई पनि बढाउने तयारी छ । उहाँले सीमानाकामा कडाइ गर्ने, जो जहाँ छन्, त्यही बस्ने व्यवस्थाका लागि पहल गर्ने, नागरिकको आवतजावत रोक्ने र सीमानाकामा परीक्षण बढाउने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।