विश्वभर काेराेना सङ्क्रमित निकाे हुने क्रम बढ्दाे

 वैशाख २४, २०७७ बुधबार ८:२:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वभर काेरोना भाइरस (काेभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेकाे छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२ लाख जना उपचारपछि निको भएका छन् ।

अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार सात सयभन्दा धेरै काेराेना सङ्क्रमित भएका छन् भने १२ लाख ४१ हजार ९ सयभन्दा धेरै निकाे भएका छन् । 

सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६ सयभन्दा धेरै निकाे भएका छन् । त्यसाे त काेराेना भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा १२ लाख ३७ हजार ६ सयभन्दा धेरै सङ्क्रमित भएकाेमा ७२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

इटलीमा दुई लाख १३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा ८५ हजार दुई सयभन्दा धेरै निको भएका छन् । जर्मनीमा एक लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा एक लाख ३५ हजारभन्दा धेरै निकाे भएका छन् । 

इरानमा ८० हजारभन्दा धेरै, चीनमा ७७ हजारभन्दा धेरै, टर्कीमा ७३ हजारभन्दा धेरै र फ्रान्समा ५२ हजारभन्दा धेरै निकाे भएका छन् । काेराेनाकाे कारण विश्वभर दुई लाख ५८ हजार दुई सयभन्दा धेरैकाे ज्यान गएकाे छ । 

नेपालमा अहिलेसम्म ८२ जनामा सङ्क्रमण पुष्टि भएकाेमा १६ जना उपचारपछि निकाे भएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया