काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २० जना स्थायी कमिटी सदस्यको भेलाले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेको छ।
पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा भएको भेलाले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरिएको नेकपा स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले उज्यालोलाई जानकारी दिनुभयो ।
तत्काल स्थायी कमिटी बैठक बोलाएर बैठकमा सबै विषयमा छलफल हुनुपर्ने विषयमा सबै सदस्यको एक मत रहेको उहाँले बताउनुभयो । नेकपाले आज ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक एजेण्डामा सहमति जुट्न नसक्दा स्थगित भएको छ ।
यसअघि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी लगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्धयलाई मागपत्र बुझाएका थिए ।
कोरोना भाइरसको माहामारीका बेला एकजुट भइ लड्ने बेलामा राजनीतिक दललाई नै कमजोर बनाउने गरी अध्यादेश ल्याएको भन्दै स्थायी कमिटी बैठक बसेर त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउन उनीहरुको माग छ ।
वैशाख २० गतेको सचिवालय बैठकले आजका लागि स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो । त्यसको एजेण्डा तय गर्न बुधबार साँझ सचिवालय बैठक डाकिएको थियो । बुधबारको सचिवालय बैठकमा शीर्ष नेताहरुबीच कुरा मिल्न नसक्दा स्थायी कमिटी बैठक अन्यौल बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।