स्विजरल्याण्डले दिएको ३० हजार थान पीसीआर किट नेपाल आइपुग्यो

 वैशाख २५, २०७७ बिहीबार २०:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  स्विजरल्याण्ड सरकारले नेपाललाई दिएको कोरोना परीक्षण किट नेपाल आइपुगेको छ ।

स्विस सरकारले १५ दिन पहिले नै नेपाललाई पोलिमराइज चेन रिएक्सन अर्थात पीसीआर किट दिन चाहे पनि नेपालले खासै पहल नगर्दा नेपाल आउन पाएको थिएन । तर स्विजरल्याण्डले नेपाललाई दिने किट सिंगापुर हुँदै मलेसिया पुर्याइदिएपछि नेपाल एअरलाइन्सले किट नेपाल ल्याएको हो । 

बुधबार अष्ट्रेलियाको सिड्नी जाने क्रममा नेपाल एअरलाइन्सले पीसीआर किट क्वालालम्पुरमा लोड गरेर गएको थियो । बिहीबार  किट नेपाल आइपुगेको हो ।पीसीआर किट नेपालका लागि स्विजरल्याण्डका राजदूतले एलिजावेथ भन क्याप्लरले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो। 

नेपालमा अहिले पीसीआर प्रविधिमार्फत जाँच गर्ने किटमध्ये आर एन ए एक्स्ट्रयाक किटको अभाव भएको थियो । अब यो किट आएपछि अभाव पूर्ति हुनेछ ।

स्विस सरकारले दिएको ३० हजार किटमा पीसीआर विधिमार्फत परीक्षण हुने सबै प्रकारका किट समावेश रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया