भारतमा रेलको ठक्करबाट १६ जना मजदूरको ज्यान गयो

 वैशाख २६, २०७७ शुक्रबार १५:४९:१० | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले ठक्कर दिँदा १६ जना मजदूरको ज्यान गएको छ ।  

उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले ठक्कर दिएको अनुमान गरिएको  बीबीसीले जनाएको छ । उनीहरु भुसावलतर्फ गइरहेका र रेलको प्रतिक्षा गरिरहेका मजदूर थिए ।

भारतमा कमाइका लागि गाउँदेखि शहर पस्नेहरु धेरै छन् । लकडाउनपछि उनीहरु घर फर्किने तयारीमा रहेका खबरमा उल्लेख गरिएको छ । घटनाको अनुसन्धान भइहेको भारत सरकारले जनाएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया