भारतमा कोरोना: १८ सयको ज्यान गयो, ५६ हजार तीन सयमा संक्रमण

 बैशाख २६, २०७७ शुक्रबार १४:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५६ हजार तीन सय ४२ पुगेको छ । 

सङ्क्रमितमध्ये एक हजार आठ सय ८६ जनाको ज्यान गएको छ भने १६ हजार पाँच सय ४० जना निको भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एकैदिन तीन हजार तीन सय ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको राज्य हो । महाराष्ट्रमा १७ हजार नौ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ सय ९४ जनाको ज्यान गएको छ । 

गुजरातमा सात हजार १२ जनामा सङ्क्रमण पुष्टि भएकोमा चार सय २५ जनाको ज्यान गएको छ भने राजधानी दिल्लीमा पाँच हजार नौ सय ८० जनामा सङ्क्रमण पुष्टि भएकोमा ६६ जनाको ज्यान गएको छ । 

त्यस्तै तमिलनाडुमा पाँच हजार चार सय नौ जनामा सङ्क्रमण पुष्टि भएकोमा ३७ जनाको ज्यान गएको छ । राजस्थानमा तीन हजार चार सय २७ जनामा सङ्क्रमण पुष्टि भएकोमा ९७ जनाको ज्यान गएको छ । 

अधिकारीहरुका अनुसार गएको २४ घण्टामा मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका ५५ गर्षीय सीआईएसएफ जवानको ज्यान गएको छ । यसबाहेक बीएसएफका अन्य दुई जवानको पनि ज्यान गएको छ । 

बीएसएफले आफ्ना अन्य ४१ जना कोरोनाबाट सङ्क्रमित भएको बताएको छ । योसँगै कोरोना सङ्क्रमित बीएसएफ जवानको सङ्ख्या एक सय ९३ भएको छ ।      

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया