अहिलेसम्म ३० जना कोरोना सङ्क्रमित उपचारपछि निको : मन्त्रालय

 बैशाख २६, २०७७ शुक्रबार १८:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मोरङको विराटनगरमा रहेको कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना कोरोना सङ्क्रमित आज डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुने बिरामीको संख्या ३० पुगेको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले अहिले रुपन्देहीमा ३ जना, नेपालगंजमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगंजमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको  बताउनुभयो ।

प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । 

अहिलेसम्म देशभर १५ हजार ६ सय २४ जना क्वरेन्टीनमा रहेका छन् । यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१जना, वाग्मती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना करेन्टीनमा रहेका छन् । 

यस्तै, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वरेन्टीनमा रेका छन् । आइसोलेसनमा १ सय ३५ जना रहेका छन् । यसमध्ये ३ जना काठमाण्डौ उपत्यकामा रहेका छन भने उपत्यका बाहिर १ सय ३२ जना रहेका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • शाेबलाल पुरी

    May 8, 2020, 6:21 p.m.

    हाल सम्म सुखद पक्ष कसैकाे पनि मृत्यू काेराेनाका कारणले भएकाे छैन । हामीहरूले सजकता र लक डाउनकाे पूर्ण पालना गरेनै भने भयावहक अवस्था नअाउला भन्नेे कुराकाे अाधार छैन । त्यसकारण WHO र नेपाल सरकारले जारी गरेका नियमहरू पालना गराैँ अनि मात्र काेराेना विरुद्धको महा युद्ध अवस्य जितिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया