विज्ञ भन्छन्- विश्वमा कोरोना सङ्क्रमितको वास्तविक संख्या थाहा पाएभन्दा धेरै

रोकथामका लागि परीक्षणको दायरा बढाउनुपर्यो

 बैशाख २८, २०७७ आइतबार ७:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा कोरोना सङ्क्रमितको संख्या लगातार बढ्दै गएको छ ।

कोरोना सङ्क्रमणको परीक्षणको दायरा बढाउन नसक्नु र सङ्क्रमितको सत्य तथ्य तथ्यांक नदिनुले सङ्क्रमणको जोखिम अझै उच्च रहेको विज्ञले चेतावनी दिएका छन् ।

अहिले पनि दिनहुँ कोरोनाको सङ्क्रमणका कारण नागरिकको ज्यान जाने गरेकोले जोखिम  उच्च नै रहेको विज्ञलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

विज्ञहरुले कोरोना भाइरसबाट सङ्क्रमित हुनेको वास्तविक संख्या अहिले थाहा भए भन्दा धेरै रहेको कुन सक्ने  पनि बताएका छन् । उनीहरुले परीक्षणको दायरा बढाउनु पर्नेमाजोड दिएका छन् ।

स्पेन, इटाली, फ्रान्ससहितका देशमा दैनिक ज्यान गुमाउनेको संख्या कम हुँदै गएको छ । तर लकडाउन खुकुलो पार्न थालिएकाले फेरि सङ्क्रमण फैलने सक्ने जोखिम रहेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । 

विश्वमा कोरोना सङ्क्रमितको संख्या ४१ लाख नजिक पुगेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • माधव विद्रोहि

    May 10, 2020, 11:54 a.m.

    लकडाउन गरेको डेढ महिना बितिसक्यो तर सरकार बाट यसको सदुपयोग भएन। यतिका दिनमा सबै नेपालीको टेस्ट गरेर लकडाउन खुकुलो मात्रै होइन पुरै खोल्ने बेला भएको हो। अब त यस्तो लाग्न थल्यो , सबै नेता, मन्त्री र कार्यकर्ता लाई कोरोना लागेर सोतर भएनि हुने थियो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया