काठमाण्डौमा कुन समयमा कुन गाडी चलाउने ?

 बैशाख २८, २०७७ आइतबार ८:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा गाडी चलाउन आइतबारदेखि टाइम कार्ड लागू भएको छ ।  

काठमाण्डौ उपत्यकाका सीडीओ, सुरक्षा निकाय हेर्ने डीआइजी र ट्राफिक महाशाखाको संयुक्त बैठकले कार्यालय समयको लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्ट्याएको छ।

त्यस्तै, अत्यावश्यक खाद्य वस्तुका लागि बिहान १० बजे अगाडिको समय तोकिएको छ। बैँक तथा वित्तीय संस्थाका लागि पनि निश्चित समय तोकिएको छ ।

तोकिएको यी समयमा कार्यालय वा संस्थाका सबै गाडी चल्न भने पाउने छैनन् । तोकिएको समयमा हरेक कार्यालय वा संस्थाका एक चौथाई गाडीलाई चलाउन दिने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया