कोरोनाबाट बेलायतमा अर्का भूपू गोर्खा सैनिकको ज्यान गयो

 बैशाख २८, २०७७ आइतबार १०:१०:९ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार ज्यान गएको छ ।

श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो । 

ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया