पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक बनाएको संसदलाई जानकारी गराउनुभएको छ ।
प्रतिनिधीसभाको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले यो विषयमा औपचारिक धारणा राखिसकेको र भारतले नेपाली भुमिमा सडक बनाएको प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।
‘नेपाल सरकार सीमा निर्धारण सुगौली सन्धिअनुसार भएको ठान्छ, सन् १८१६ को सन्धि, पूरक सन्धि र १८६० को पूरक सन्धिका आधारमा सीमा निर्धारण गरेको हो । अर्को सन्धि भएको छैन । सन्धि, नक्सा, दस्तावेज र तथ्यका आधारमा यो समाधान गर्नुपर्छ । त्यो अनुसार लिपुलेक र लिम्पियाधुरा नेपालमा पर्छ’, ज्ञवालीले भन्नुभयो ।
नोभेम्बर २ मा भारतले राजनीतिक नक्सा प्रकासित गरेको र नक्सामा नेपालले मान्दै गएका कालीको मुहानबाट पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी आफ्नो राखेकोमा त्यतिखेर नै नेपालले कूटनीतिक नोट पठाएको तर भारतले त्यसलाई बेवास्ता गर्दै अहिले सडक खन्नु दु:खद भएको उहाँको भनाइ छ ।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको र यसमा केही कुरा गर्नुपर्ने भएकोले परराष्ट्रसचिव स्तरीय बैठकको लागि नेपालले पठाएको मितिलाई पनि बेवास्ता गरेको ज्ञवालीले बताउनुभयो ।
‘हामीले प्रस्ताव गरेको मितिको भारतले औपचारिक जवाफ नै नदिइकन नेपाली भूमि प्रयोग गरेर भारतले बाटो बनाएकोमा ध्यानाकर्षण भएको छ’, ज्ञवालीले भन्नुभयो
विश्व नै कोरोनाको संकटसँग जुधिरहेको बेला छिमेकी देशको संवेदनशील विषयलाई ख्याल गर्न पनि भारतसँग आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।