मलेसियामा लकडाउन चार हप्ता लम्बियो

 बैशाख २८, २०७७ आइतबार १२:४४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि चार हप्ता थप गर्दै जुन ९ सम्म पुर्‍याएको छ ।

यसअघि मे १२ सम्मका लागि तोमिएको लकडाउन चार हप्ता बढाउँदै जुन ९ सम्म पुर्‍याएको मलेसियाली प्रधानमन्त्री तान सिर मुहाइदिन याशिनलाई उद्धृत गर्दै द स्टारले लेखेको छ ।

मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरको हो । मे ४ देखि भने लकडाउन केही खुकुलो बनाइएको छ । मलेसियामा आर्थिक गतिविधि लगभगजसो सुरुवात भइसकेको छ । होटल, कलकारखाना लगायतका क्षेत्रहरु खुलेका छन् । तर निश्चित सुरक्षा सतर्कता अपनाइएको छ ।

यस्तै मलेसियाले लकडाउनको समय बढाएसँगै भिसाको अवधि सकिएकालाई १४ दिनभित्र देश छाड्न दिएको समय पनि पछाडि धकेलिएको छ ।

मलेसियाले जनवरी १ देखि भिसा सकिएका नेपाली सहित विदेशी नागरिकलाई लकडाउन सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन दिएको छ । यसरी स्वदेश फर्कंदा कुनै जरिवाना तिर्न पर्दैन र मलेसियाली अध्यागमनमा कुनै कागजात पनि देखाउन पर्दैन । टिकट भएपछि सिधै स्वदेश फर्कन सकिन्छ ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया