दुई करोड १० लाख खर्च गरेर बनाएकाे पुल ६ महिनामै जीर्ण

 वैशाख २८, २०७७ आइतबार १५:१२:५० | रासस
unn.prixa.net

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्मित शिख-स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ । पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाख रुपैयाँको लागतमा स्वच्छन्द गौचन जेभीमार्फत गएको मङ्सिरमा पुल निर्माण गरेको थियो ।

३१ मिटर लम्बाइको यो पुलको बीच भागमा दुई वटा भ्वाङ परेको छ । कमसल निर्माण सामग्री प्रयोग गरेकाे कारण पुलको अवस्था जीर्ण बनेको र ठेकेदारले लापरबाही गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

ठेकेदार कम्पनी स्वच्छन्द गौचन जेभीका प्रतिनिधि ओभरसियर सुनम बरालले पुल निर्माणको अवधि गएको चैत मसान्तसम्म रहेकाेमा कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न सरकारले चैत ११ गतेदेखि  लकडाउन गरेका कारण काम स्थगन गरिएको बताउनुभयो । 

उहाँले पुलको संरचनामा कुनै क्षति नपुगेको तर वर्षाका कारण पुल वरपरको भाग अलिकति भासिएको प्रतिक्रिया दिनुभयो । स्थानीयवासीले भने पुलमा नै दुई वटा भ्वाङ परेको र जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

जिल्ला पूर्वाधार विकास समितिका प्रमुख ओमलाल ढुङ्गानाले ठेकेदार कम्पनीका प्रतिनिधि र कामदारले काम गरिरहेकाे अवस्थामा लकडाउन भएका कारण गएको चैत १७ गते पास दिएर घर पठाइएको र बाँकी काम लकडाउन खुलेपछि गरिने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया