रुसमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाखभन्दा धेरै

 बैशाख २८, २०७७ आइतबार १९:१:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसमा पछिल्लाे २४ घण्टामा ११ हजार १२ जनामा काेराेना भाइरस सङ्क्रमण देखिएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या दुई लाख नाै हजार ६ सय ८८ पुगेकाे छ । 

आइतबार रुसमा ८८ जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । अब रुसमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाै सय १५ भएकाे छ । 

रुसमा पछिल्लाे एक हप्तादेखि प्रतिदिन १० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । 

रुसी अधिकारीहरुले परीक्षणकाे दायरा बढाइएकाेले यति धेरै सङ्ख्यामा सङ्क्रमण देखिएकाे बताएका छन् । 

रुस अब काेराेना सङ्क्रमित बिरामीहरुकाे सङ्ख्याकाे हिसाबमा विश्वभरिमा पाँचाैँ नम्बरमा आइपुगेकाे छ । 

अमेरिकाकाे जाेन्स हप्किन्स विश्वविद्यालयकाे तथ्याङ्क अनुसार काेराेनाबाट सबैभन्दा बढी प्रभावित देशहरु–

अमेरिका – १३,०९,५४१
स्पेन – २,२३,५७८
इटली – २,१८,२६८
बेलायत – २,१६,५२५
रुस – २,०९,६८८ 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया