नेपालमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित १ सय २० पुगे

 बैशाख २९, २०७७ सोमबार ८:५२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कपिलस्तुमा थप १० जनामा कोरोना सङ्क्रमणपुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ का २० र ३४ वर्षका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ बर्षका र उमेर नखुलेका एकजना गरि १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार आज सङ्क्रमण पुष्टि भएका सबैजना क्वारेन्टीनमै छन् र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । यो सँगै नेपालमा १ सय २० जनामा कोरोना पुष्टि भएको छ । ३३ जना निको भएर घर फर्किएका छन् ।

बाँकीको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । अहिलेसम्म सङ्क्रमण हुनेमा महिला भन्दा पुरुष धेरै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १० जनासमेत ८८ जना पुरुष र ३२ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सबैभन्दा धेरै प्रदेश ५ मा कारोनाको सङ्क्रमण देखिएको छ ।

त्यहाँ अहिलेसम्म ४० जनामा सङ्क्रमणपुष्टि भएको छ । यस्तै, प्रदेश १ मा ३५, प्रदेश दुईमा ३१ जना, वाग्मती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा दुई, र सुदूरपश्चिम प्रदेशमा पाँच जनालाई कोरोनाको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ५६ हजार ६ सय ५७ जनाको आरडीटी र १६ हजार ८ सय ९८ जनाको पीसीआर गरी ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया