कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार नाघ्यो

 बैशाख ३०, २०७७ मंगलबार ७:५७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार नाघेको छ ।

अमेरिकामा सङ्क्रमितको संख्या पनि झण्डै १४ लाख पुगेको छ । अमेरिकामा अहिलेसम्म १३ लाख ८५ हजार ३ सय ५९ जनालाई सङ्क्रमण भएको छ भने ८१ हजार ७ सय ६९ जनाको ज्यान गएको छ । अमेरिकामासङ्क्रमितमध्ये दुई लाख ६० हजार ६ सय ३८ जना उपचार पछि निको भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा मात्रै ३ लाख ४७ हजार १ सय ५१ सङ्क्रमित छन् । त्यहाँ २७ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै न्यूजर्सीमा एक लाख ४१ हजार एक सय ३७ जना सङ्क्रमित छन् भने ९ हजार ३ सय ४१ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया