तत्काल पानी पर्ने सम्भावना छैन : मौसमविद्
बैशाख १४, २०८१ शुक्रबार
कपिलवस्तु – कपिलवस्तुमा एक जना स्टाफ नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कपिलवस्तु अस्पतालमा कार्यरत कपिलवस्तु नगरपालिका १ का २५ वर्षकी स्टाफ नर्सलाई सङ्क्रमण पुष्टि भएको हो । कपिलवस्तुमा आज आठ जना सङ्क्रमित भेटिएको र त्यसैमध्ये उहाँ एक भएकाे कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो ।
सङ्क्रमितलाई उपचारका लागि बुटवल अस्पताल लैजाने तयारी भएको छ । यस्तै सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको परीक्षण गर्न स्वाब सङ्कलन भइरहेको छ ।