पर्वतमा बन्यो गुलेली शैलीको पिङ

 बैशाख ३१, २०७७ बुधबार ९:२७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत - विश्वकै दोश्रो अग्लो बन्जी सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालकै अग्लो र नमुना पिङ बनाएको छ । 

बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर  छ भने त्यसभन्दा माथि बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर  छ ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिदिन्छ र पिङ मचिन्छ ।

पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिनुभयो । चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको कार्कीले बताउनुभयो ।  

विश्वकै अग्लो स्विङ र स्काइ साइक्लिङसमेत निर्माण गरेको कम्पनीले त्यस क्षेत्रलाई एड्भेन्चर हबका रुपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने अध्यक्ष राजु कार्कीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया